फेरि घटेर आयो इन्धनको मूल्य, समायोजनबारे अझै अन्योल

काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य फेरि घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए।

आइओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको थानीले जानकारी दिए।

यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन। निगमलाई मूल्य घटाउन चर्को दबाब भए पनि निगमले आलटाल गर्दै आएको छ। यसपटक पनि के गर्ने भन्ने निगमले निर्णय गरिसकेको छैन।

बोर्डका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव तोयम राया देश बाहिर रहेकाले इन्धनको मूल्य घटाउनेबारे छलफल नभएको कार्यकारी निर्देशन थानीले बताए।

अध्यक्ष तोयम स्वदेश फर्किएलगत्तै बोर्ड बैठक बसेर मूल्य समायोजनबारे छलफल गरिने निगमले जनाएको छ ।

इन्धनको मूल्य नघटाउँदा निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रूपैयाँ र डिजेलमा करिब १३ रूपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रूपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रूपैयाँ रहेको जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?