मालारानी गाँउपालिकाद्वारा कृषकको उद्यमशीलता विकासगर्न बाख्रा उपहार

अर्घाखाँची ।        अर्घाखाँचीको मालारानी गाउँपालिकाले स्थानीय कृषक लाई बाख्रा उपहार गरेको छ । आईतवार मालारानी गाउँपालिका वार्ड नं. ४ का १६ जना महिला कृषकहरु लाई प्रति कृषक एक वटाका दरले १६ बाख्रा उपहार गरिएको हो ।
मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्र्तरगत गाउँपालिकाल हाल सम्म पाँचसय भन्दा बढि बाख्रा उपहार गरीसकेको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले जानकरी दिनुभयो ।

कृषकहरुले आफुले बाख्रा प्राप्त गरेपश्चात सोहि बाख्रा बाट उत्पादन लिन थालेपछि प्रतिबाख्रा १ पाठी उपहार प्रदान गर्ने नीतिगत व्यवस्था अनुसार बाख्रा उपहार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषकलाई उद्यमशिल बनाइ आयआर्जन बढाउन र उत्पादित बस्तुको बजारीकरण गर्न मालारानी गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग एवं ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्रको सहजीकरणमा २०७७ साल चैत्र देखि मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन भईरहेको छ ।

परीयोजनाले कृषकहरुको आबश्यकता र पालीकाको सम्भाव्यताको आधारमा घाँसको विउ तथा बेर्ना,खोर गोठ सुधार,खाद्यान्न तथा तरकारीका विउ वितरण गर्ने साथै पशुको नश्ल सुधारका लागी समेत बिभिन्न कार्यक्रम सञ्चालन गरेको परीयोजना संयोजक दिनेश बेल्वासेले जानकारी गराउनुभयो ।

पालीकामा रहेका तीन सहकारीमा सबै सदस्यलाइ आबद्घ गरी सहकारीको विकास संगै उत्पादीत कृषिउपजको बजारीकरण समेत सहकारी मार्फतनै गर्ने गरी परीयोजना लागी परेको छ ।

परीयोजनाले गाउँपालिकाका सबै वडालाई समेटी एक हजार सातसय महिला कृषक र एक सय यूवा उद्यमि गरी एकहजार आठ सय परीवारमा प्रत्यक्ष कार्यक्रम विस्तार गरेको परीयोजना संयोजक बेल्वासेले जानकारी गराउनुभयो ।

परीयोना मालारानी गाउँपालिको तीन करोड ४७ लाख र हेफर प्रोजेक्ट नेपालको एक करोड १९ लाख ६६ हजार छ सय ६६ गरी चार करोड ६६ लाख ६६ हजार छ सय ६६ रुपैयाको बजेटमा सञ्चालन भइरहेको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?