पतिको कुटपिटबाट पत्नीको मृत्यु, एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको आशंका

पतिको कुटाइबाट पत्निको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिकामा –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २३ वर्षीय ममता नेपालीलाई कुटपिट गरेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको जनाएको छ । सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

‘प्रारम्भिक बयानमा श्रीमान्‌ले कुटपिट गर्दा बेहोस भएको बताएका छन’, प्रहरी निरीक्षक यामबहादुर बुढामगरले भने, ‘कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको छ ।’

प्रहरीलाई शनिबार दिउँसो दुई बजेतिर खबर प्राप्त भएको थियो । शवको प्रकृति हेर्दाखेरी एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ,’ उनले भने, ‘शव कुहिसकेकोले श्रीमतीलाई केले प्रहार गरेको भन्ने पत्ता लाग्न सकेको छैन । पोस्टमार्टम रिपोर्टले सबै स्पष्ट पार्नेछ ।’

‘श्रीमान्‌ले श्रीमती बिरामी भएको छिमेकीलाईसम्म थाहा नदिनु, घरमै लुकाएर राख्नुले हत्या गरेको पुष्टि हुन्छ’, उनले भने ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?