बुटवल । चैत ६ गते। एनएमबि बैंक लिमिटेडले ओमसतिया गाउपालिकामा एक्सटेन्सन काउन्टर शुरु गरेको छ। एनएमबि बैंक लिमिटेड ठुटेपिपल शाखाको एक्सटेन्सन काउन्टर खोलिएको हो ।

ओमसतिया गाउँपालीकाका अध्यक्ष मन्जित कुमार यादव सोनुले एक समारोहका बिच कैचिले रिवन काटेर समुद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष मन्जित कुमार यादव सोनुले एनएमबि बैंक लिमिटेड गाउपालिका भवन मै आफ्नो एक्सटेन्सन काउन्टर खोलेर बित्तीय सेवा शुरु गरेकोमा धन्यवाद ज्ञापन गर्दै पालिकाका आमजनतालाइ सहज, सरल र छिटोछरितो बित्तीय पहुँच पुग्ने विस्वास व्यक्त गरे ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्री, एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका क्षेत्रीय प्रवन्धक प्रभात सिंह खाती, अप्रेसन प्रबन्धक सुन्दर थापाको उपस्थिति थियो ।

एनएमबि बैंक लिमिटेड ठुटेपिपल शाखा प्रमुख सुनिल भट्टराईले आफुहरुले ग्रामीणस्थलमा सबै जनताको बीचमा बित्तीय पहुँच पुर्याउन एनएमबि बैंक लिमिटेड ठुटेपिपल शाखाको काउन्टर खोलिएको बताए । ओमसतिया गाउपालिका आमजनता, बुबाआमा, दाजुभाइ, दिदिबहिनीहरुलाइ सहज बैकिङ्ग सेवा दिन आफुहरु दत्तचित्त भएर लाग्ने बताए । बचत राख्ने, कर्जा लिने लगायतका सम्पूर्ण आर्थिक कारोबार ढुक्क भएर एनएमबि बैंकबाट गर्न आग्रह गरे ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ओमसोतिया सगै १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।













