ट्विटरको लोगो परिवर्तन, चराकाे ठाउँमा कुकुर

सामाजिक सञ्जाल ट्विरको लोगो परिवर्तन भएको छ । यस अघि नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ ।

ट्विटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले ट्विटरको लोगोबाट नीलो चरोलाई हटाएर एक कुकुरलाई राखेका न्युयोर्क टाइम्सले जनाएको छ । गएको अक्टोबरमा ट्विटर खरिद गरेका अमेरिकी अर्वपति मस्कले ट्विटरमा विभिन्न परिवर्तन गर्दै आउनुभएको छ । अकाउण्ट भेरिफाई अर्थात ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती, सिईओलाई हटाउने लगायतका निर्णय गरेका मस्कले लोगो नै परिवर्तन गर्नुभएको हो ।

मस्कले आफ्नाे ट्विटर ह्याण्डलमा एक तस्बिर(कार्टुन) राखेर यसबारे जानकारी पनि गराउनुभएकाे छ । चराकाे लाेगाे पुरानाे भएकाले नयाँ लाेगाे प्रयाेग गरिएकाे त्याे कार्टुनले देखाउँछ ।

झण्डै ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका मस्कले केही दिन अघि ट्विटरको मूल्य २० अर्ब डलर रहेको बताउनुभएको थियो । ट्विटर खरिदपछि मस्कको सम्पत्ति घटिरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?