पवित्र धार्मिकस्थल दुर्वाशेश्वर गुफाको नजिकै बन्दै नयाँ रिसोर्ट, यस्ता हुनेछन् सुविधा

कमला घिमिरे, पाणिनी ।

अर्घाखाँचीको पवित्र धार्मिकस्थल दुर्वाशेश्वर मन्दीरको नजिकै बन्दै छ नयाँ रिसोर्ट । नजिकै बस्ती, जंगल अनि उत्तरतिर फर्किदा टलक्क टल्किने हिमालको दृष्य, जसले रिसोर्ट पुगेका पाहुनाको मनै लोभ्याउँछ । त्यसबाहेक तलतिर फर्किदा देखिने दुर्गा खोला र खेतहरुले पनि उत्तिकै आकर्षण थप्नेछ ।

सहरको कोलाहलबाट टाढा साथै कोलाहलपूर्ण बन्दै गएको सहरलाई छलेर केही परको शान्त वातावरणमा मनोरम दृष्य नियाल्दै बस्ने पर्यटकका लागि लक्षित गरि अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ दुर्गाफाँटमा सुविधासम्पन्न रिसोर्ट सञ्चालन हुने भएको छ । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन नसकेको अवस्थामा दुर्गाफाँटमा नयाँ रिसोर्ट बन्ने तयारीमा छ । करिब एक करोड लगानीमा बन्ने थालेको उक्त रिसोर्टमा पाइने अधिकांश परिकारहरु स्थानीय उत्पादनकै रहने सञ्चालक अर्जुन पोख्रेल संघर्षले बताए ।

उनले भने, ‘पाणिनी दुर्वाशेश्वरकै समिपमा रिसोर्टको काम अगाडी बढिरहेको छ । करिब एक करोड लगानीमा बन्ने थालेको उक्त रिसोर्टमा पाइने अधिकांश परिकार स्थानीय उत्पादन नै रहनेछन् ।’ कोलाहलमा बसेकाहरुलाई एकरात भएपनि शान्त वातावरणमा रमाउँदै मनोरम दृष्य अवलोकन गराएर बसाउने लक्ष्य सञ्चालक पोख्रेलको लक्ष्य छ ।

सञ्चालक पोख्रेलका अनुसार रिसोर्टमा फराकिला कोठाहरु बन्नेछन् । सबै कोठाबाट बाहिरी दृश्यहरु अवलोकन गर्न मिल्नेछ । ‘ग्रामिण बस्तीमै भएकोले गाउँका फरक अनूभव पनि यहाँ लिन सकिन्छ । त्यो बाहेक नजिकैको जंगलबाट चराचुरुंगीको आवाजले बसाईलाई साच्चै प्रकृतिमय बनाउँछ,’ उनले भने ।

उक्त रिसोर्टमा विभिन्न कार्यहरुका लागि हलको पनि व्यवस्था मिल्नेछ । विवाह लगाएतका शुभकार्यमा घरघरमै पुगि क्याट्रिन सेवा पनि उपलब्ध हुनेछ । साथै, पाणिनी गाउँपालिका भित्रको प्रसिद्ध पाणिनी तपोभूमी, दुर्वाशेश्वर गुफा र समग्र अर्घाखाँचीका पर्यटन क्षेत्रमा आफ्नै सवारीसाधन मार्फत घुमाउने व्यवस्था पनि छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?