अर्घाखाँची : १८ कराेड भन्दा बढि रकम बेरूजु, सबैभन्दा धेरै पाणिनीमा

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आ.व २०७८/७९ मा  १८ कराेड भन्दा बढि रकम बेरूजु देखिएकाे छ ।

महालेखापरिक्षक कार्यालयकाे ६० औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा १८ कराेड ४ लाख ८३ हजार रूपैयाँ बेरूजु देखिएकाे हाे । ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेकाे अर्घाखाँचीमा जम्मा नाै अर्ब ५३ कराेड ३७ लाख २८ हजार रूपैयाँकाे लेखा परिक्षण गर्दा १८ कराेड ४ लाख ८३ हजार रकम बेरूजु देखिएकाे हाे ।

जिल्लामा सबैभन्दा बढि बेरूजु पाणिनी गाउँपालिकामा रहेकाे देखीएकाे छ भने सबैभन्दा कम सन्धिखर्क नगरपालिकमा देखिएकाे छ । प्रतिशतका अाधारमा पाणिनी गाउँपालिकामा ४.८४ प्रतिशत बेरूजु देखीएकाे छ भने सन्धिखर्कमा ०.५१ प्रतिशत देखीएकाे महालेखापरिक्षककाे प्रतिवेदनमा उल्लेख छ ।

पाणिनी गाउँपालिका

पाणिनी गाउँपालिकामा १ अर्ब १९ कराेड ८१ लाख ७२ हजारकाे लेखा परिक्षण गर्दा ५ कराेड ७९ लाख ६३ हजार रूपैयाँ बेरूजु देखीएकाे हाे ।

छत्रदेव गाउँपालिका

छत्रदेव गाउँपालिकामा १ अर्ब ३४ कराेड ८१ लाख २८ हजारकाे लेखा परिक्षण गर्दा १ कराेड १५ लाख ६९ हजार रूपैयाँ बेरूजु देखीएकाे हाे ।

मालारानी गाउँपालिका

मालारानी गाउँपालिकामा १ अर्ब ५३ कराेड ७० लाख ४२ हजारकाे लेखा परिक्षण गर्दा २ कराेड ६० लाख ८१ हजार रूपैयाँ बेरूजु देखीएकाे हाे ।

सन्धिखर्क नगरपालिका

सन्धिखर्क नगरपालिकामा २ अर्ब १० कराेड ६४ लाख ४३ हजारकाे लेखा परिक्षण गर्दा १ कराेड ६ लाख ८९ हजार रूपैयाँ बेरूजु देखीएकाे हाे ।

भुमिकास्थान नगरपालिका

भुमिकास्थान नगरपालिकामा १ अर्ब ६९ कराेड ५२ लाख ४५ हजारकाे लेखा परिक्षण गर्दा २ कराेड ५२ लाख ८६ हजार रूपैयाँ बेरूजु देखीएकाे हाे ।

शितगंगा नगरपालिका

शितगंगम नगरपालिकामा १ अर्ब ६४ कराेड ८६ लाख ९८ हजारकाे लेखा परिक्षण गर्दा ४ कराेड ८८ लाख ९५हजार रूपैयाँ बेरूजु देखीएकाे हाे ।

प्रचलित कानुनबमोजिम पुर्याउनु पर्ने रीत नपुर्याइए कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको वा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको तथ्य तथा तथ्यांकलाई बेरुजुका रुपमा परिभाषित गरिएको छ ।

बजेट र योजना कार्यान्वयन, राजस्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखाङ्कन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेबार व्यक्ति तथा संस्थाले जवाफदेहीता बोध नगर्ने र उक्त अनुशासनमा नरही लापरवाही तरिकाले कार्य सम्पादन तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने महालेखा परीक्षक टंकमणी शर्माको भनाइ छ ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?