ए डिभिजन लिग : आज तीन खेल

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार तीन खेल हुँदैछ।

लिगको ११औँ चरण अन्तर्गत शनिबार दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। १० खेलमा १० अंक जोडेर १२ औँ स्थानमा रहेको खुलमटार चौथो जितको योजनामा हुनेछ।

१० खेलमा १५ अंक जोडेर छैटौँ स्थानमा रहेको मनाङ पाँचौं जितको खोजीमा छ । दशरथ रंगशालामै साँझ ६ बजे हुने दोस्रो खेलमा जावलाखेल युथ र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ। १० खेलबाट २० अंक जोडेर शीर्ष स्थानमा रहेको जावलाखेल सातौं जितको खोजीमा हुनेछ।

समान खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा रहेको चर्च ब्वाईज जावलाखेललाई पराजित गरेर शीर्ष स्थानमा उक्लिन चाहन्छ।

त्यस्तै च्यासलमा दिउँसो ३ बजे मछिन्द्र फुटबल क्लब र फ्रेण्ड्स क्लब भिड्ने छन्। १० खेलमा १३ अंक जोडेर नवौँ स्थानमा रहेको मछिन्द्र चौथो जितको योजनामा छ । १० खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको फ्रेण्ड्स पनि चौथो जितको योजनामा छ।

 

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?