सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ पुल्चोकमा स्थानिय उत्पानबाट बनाइने चुल्हो ब्राण्डको अचार उद्योग संचालन आएको छ ।
अचारको बिक्री पसलको एक कार्यक्रमका बिच सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले दिर्घकालीन सम्म चुल्हो ब्राण्डको अचारलाई संचालन आग्रह गरे ।
अचार ब्राण्डलाई सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमंडाडाका सुमन अर्याल र छत्रदेव गाउँपालिका वडा नम्बर ५ का मोहन रानाभाटको संयुक्त लगानिमा अचार ब्यबसाय संचालनमा ल्याएका हुन् ।
चुल्हो अचारले हाल स्थानिय बारिमा उत्पादित तरकारी फलफुलबाट बनेका मिक्स अचार , कागती , गाजर , लसुन , काफल गरि सात प्रकारका अचारहरु बजारमा ल्याएको संचालक सुमन अर्यालले बताए ।












