हत्या अभियाेगमा फरार एमाले सांसद काेइरी निलम्बित

काठमाण्डाै । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् ।

सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेकाे र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अब कोइरी फरार रहुन्जेल र मुद्दाको फैसला नहुन्जेल सांसद पदमा रहन अयोग्य भएका छ । यसअघि कोइरीलाई पक्राउ गर्नका लागि सहयाेग माग्दै प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो ।

मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । विकको हत्यामा कोइरीको संलग्नताबारे उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

फरार रहेकै अवस्थामा कोइरी नेकपा एमालेको तर्फबाट महोत्तरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?