बलात्कारपछि हत्या गरेर फरार भएका दुई अभियुक्त १६ वर्षपछि पक्राउ

धरान । धरानकी एक महिलालाई बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त १६ वर्ष पश्चात पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार गरेर हत्या गरि फरार रहेका धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए।

उनीहरुले ललितालाई २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणेदय धर्मशालाको कोठा नम्बर २१८ मा राखेर पालैपालो जबरजस्ती करणी गरि घाटी थिचेर हत्या गरेका थिए । हत्यापश्चात फरार रहेका उनीहरुलाई १६ वर्षपछि पक्राउ गर्न धरान प्रहरी सफल भएको डीएसपी मल्लले बताए।

इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई धनकुटाको शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी सार्वजनिक गरेको छ । दुबै अभियुक्तहरुले ललितालाई बलत्कार गरि हत्या गरेको स्विकार गरेको प्रहरीलाई बयान दिएका छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धि कसुर अन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालिएको डीएसपी मल्लले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?