कसैको दमनले पीटीआईलाई नष्ट गर्न सक्दैन : इमरान खान

एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले कसैको दमनले पीटीआईलाई नष्ट गर्न नसक्ने दाबी गरेका छन्।

मन्त्रालयले खानको पाटीपीटीआईमाथि प्रतिबन्ध लगाउन सक्ने सम्भावना बढेपछि देशबासीका नाममा सम्बोधन गर्दैआफ्नो पार्टीविरुद्ध भएको व्यवहारले पीटीआइको लोकप्रियता बढाउने बताए। खानले नष्ट गर्न चाहनेहरूले देशलाई सखाप पार्न खोजीरहेको आरोप लगाए।

उनले देशको आर्थिक संकटका बारेमा रोडम्याप नभएकाले देश डुब्दै गएको जिकिर गरे। इमरान खानले आफूले एउटा समिति बनाउन लागेको र त्यो समितिले आफूसँग ‘सत्तामा जोसुकै भए पनि’ कुरा गर्न चाहेको बताए। इमरान खानले आफ्ना समर्थकहरूलाई यो दासत्व स्वीकार गर्नुभन्दा मर्ने र अन्त्यसम्म लड्ने बताएका छन्।

पाकिस्तानको रक्षा मन्त्रालयले सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) लाई प्रतिबन्ध लगाउने विचार गरिरहेको जनाएको थियो। लगत्तै खानको यस्तो प्रतिक्रिया आएको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?