निरा पाण्डेको हत्या आरोपित विनोद पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौंको कपनकी निरा पाण्डेको हत्या अभियोगमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि थुनामा पठाइएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलाशले विश्वकर्मालाई पुर्पक्षमा पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

उनले पाण्डेको हत्या गरेको आरोप थियो। यता प्रहरीले अर्का एक जनालाई पनि प्रतिवादी बनाएर अदालतमा पेश गरेको थियो। काठमाडौंको तार्केश्वर नगरपालिका-१० हिलेटोलमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गरी बसेका २३ वर्षीय प्रदिप गदाइलीलाई पनि प्रहरीले अदालतमा पेश गरेको थियो।

विनोद विश्वकर्माले निरा पाण्डेको हत्यापछि लुटेको सिक्री उनले किनेको पाएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो। उनलाई भने इजलाशले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणको अनुसन्धान कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। वैशाख ७ गते दिउँसो आफ्नै पसलमा बसिरहेको बेलामा निरा पाण्डेको हत्या भएको थियो। उनको शरीरमा पटकपटक चक्कु प्रहार समेत भएको थियो।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?