काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।
मन्त्रिपरिषद्को आग्रह अनुसार बुधबार बिहान राष्ट्रपतिले संविधानको धारा ६१ र ६६ बमोजिमविधेयक प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।
गत जेठ १२ गते मन्त्रिपरिषदको बैठकले लिखित रुपमा राष्ट्रपतिलाई विधेयक पास गर्न पत्र लेखेको थियो । यसअघि संसदले दुई पटकसम्म पारित गर्दा समेत नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएको थियो ।













