नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसन (DLA-Nepal ) का महासचिव अधिबक्ता लक्ष्मी दाहाल रावलले महाधिवेशनमा निर्वाचनका बेला कानुनब्यबसायि उम्मेदवारहरु बिच केही प्रतिस्प्रधा भयपनी निर्वाचन सकिय पछि भने एकता कायम नै रहने बताएकी छन् ।
यहि जेठ २६ र २७ गते चितवनमा हुन लागेको DLA नेपालको ११ औ महाधिवेशनका बिषयमा आज समाचारपाेष्टसंग कुरा गर्दै उनले आफू पनि अध्यक्षको उम्मेदवार रहने र अन्य कानुनब्यबसायिहरुले पनि विभिन्न पदमा इच्छा राखेकाले लोकतान्त्रिक प्रक्रीयामा प्रतिस्पर्धालाई सकारात्मक लिनु पर्ने बताइन् । तपाईं किन अध्यक्ष बन्ने ? भन्ने हाम्रो प्रश्नको उत्तरमा उनले भनीन्, “म DLA को स्थापना समय देखि नै साङ्गठानिक गतिविधिमा पुर्ण सक्रीय छु, बिगतको समयमा DLA सङ्गठनलाई सस्थागत गर्न मैले धेरै दुख पनि पाएकी छु, कानुन ब्यबसायिको समस्यामा सदा लागिरहेकै छु,न्यायलय शुद्दिकरणका पक्षमा निरन्तर आवाज प्रस्तुत गर्दै आइरहेको र आगामी दिनमा पनि सक्षम न्यायपालिका,अधिकार सम्पन्न कानुनब्यबसायि लगायतका गतिविधिहरुका लागि म काम गर्नेछु,DLA लाई समयसापेक्ष अघि बढाउन र प्रबिधिमैत्री बनाउन म पुर्ण केन्द्रीत रहनेछु ।”
अधिबक्ता दाहालले DLA को इतिहासमै पहिलोपटक महिला कानुन ब्यबसायी केन्द्रिय अध्यक्ष बन्न लागेकाले समस्त कानुनब्यबसायिले सहयोग गर्नु पर्नेमा अनुरोध समेत गरीन् ।













