अर्घाखाची । आफ्नो इच्छा विपरित गर्भ रहनु अनिश्चित गर्भ हो । त्यस्तो गर्भ राख्दा पारिवारिक योजना बिग्रन्छ । महिलालाई मानसिक तथा शारिरीक पीडा हुनसक्छ । यसर्थ यस्तो गर्भलाई पतन गर्न पाउने कानुनी आधार बनेको हो । तर, अझैपनि अर्घाखाचीका धेरैमा यसबारे जनचेतना छैन । गर्भपतनलाई कानुनमा वैद्यता मानेता पनि गोपनीयताको कारण, जनचेतनाको कारण, सेवा र सुविधाको कारण हजारौ रकम खर्चिनुका साथै ज्यानै जाने सम्मका घटनाहरु घटेको तथ्यांक छ । आईपास नेपालको आर्थिक तथा प्राविधिक सहयोग र समाज सेवा तथा वातावरण र संस्कृति संरक्षण समूहकोको व्यवस्थापनमा अर्घाखाँचीमा विगत ३ वर्षदेखि सुरक्षित गर्भपतन सम्बन्धी परियोजना संचालन गरेको छ । असुरक्षीत गर्भपतनबाट हुने सबै प्रकारका दुर्घटनाहरुको न्यूनीकरण यर्न यस परियोजनाको माध्यमबाट चेतना अभियान चलाइएको छ । यसले धेरै नागरिक लाभान्वित भएको आइपासकी नीति तथा कार्यक्रम प्रमुख माधवी बैजाचार्यको भनाइ छ ।
विभिन्न कारणहरुले अनिच्छिुक गर्भ रहन सक्छ । जस्तै असुरक्षित शारिरीक सम्पर्क, बलत्कार, आमा तथा बच्चाको स्वास्थ्य, आर्थिक समस्या, जनचेतनाको कमी आदि ।अनिच्छुक गर्भ रहेमा गर्भलाई कसरी गर्भपतन गराउने कानुनी माध्यम छ भन्ने थाहा नपाउनु, थाहा पाए पनि नीजी तथा कमाउन पल्केका स्वास्थ्य संस्थाहरुले गर्भपतनलाई विभिन्न बाहाना देखाएर कमाउने डर त्रास देखाई पैसा कुम्लाउने, सुविधा सम्पन्न स्थानमा भौगोलिक विकटता तथा आर्थिक समस्याले जान नसक्नुले इच्छा विपरितको गर्भलाई राख्नु पर्ने समस्या हुन्छ । सुरक्षित गर्भपतन सम्बन्धी कानुनी व्यवस्थाको बारेमा अधिकांशलाई थाहा नहुनु नै यसबाट निम्तिने अपराध तथा घटनाको पहिलो कारण हो । त्यसैले यस सम्बन्धि जनचेतना र महिला प्रजनन स्वास्थ्यको बारेमा वकालत गरेर यसको बारेमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु गरिनु आवश्यक छ । यही आवश्यकता अनुसार अर्घाखाचीमा पछिल्लो समय सचेतना कक्षा र पैरवी कार्यक्रम गरिएको छ । सरोकारवाला र संचारकर्मीलाई पनि बेलाबेलामा यसबारे जानकारी गराउने गरिएको छ । सुरक्षीत गर्भवतनको अधिकारको जानकारी नभएर कैयौ महिलाहरुले असुरक्षित गर्भपतन गराउन बाध्य भएका र त्यसबाट हुने घटनाहरु रोक्न ३ वर्षदेखि निरन्तर काम गरृकाृसमाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह अर्घाखा“चीका प्राविधिक सल्लाहकार बाबुराम पौडेलले बताए ।
महिलाहरुको प्रजनन स्वास्थ्य, आर्थिक भार, जनचेतनाको कमी, शिक्षा र स्वास्थ्यमा गर्नु पर्ने लगानीको कारण सचेत मानिसहरुले परिवार नियोजनलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् । दम्पतीले योजना बनाएर मात्र सन्तान बनाउने गरेको पाईन्छ । अनिश्चित गर्भ रहनु समस्या हो । यसबाट हुने अपराध जन्य क्रियाकलाप झनै कठोर किसिमका घटित हुन्छन् । अब यसको समधान के त रु समधान पहिलो कानुनी जनचेतना, दोश्रो वकालत, तेश्रो कार्यान्वयन, चौथो सुविधा सम्पन स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीको व्यवस्थापन, पाँचौ गर्भपतन पछिको रेखदेख र उपचार र छैठौ गोपनीयता आदी समधान हुन । यी समधान एक्लैले गरेर सकिने कुरा होईन त्यसैको लागि सरकारी र गैरसकारी क्षेत्रबाट उत्तिकै लाग्नु परेको हो । गैरसरकारी सस्थाले समेत महिलाको यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनबारे सेवामा पहुंच बढाउन काम थालेको आइपासका माधवी बज्राचार्यले बताइन् ।
अर्घाखाँची जिल्लामा सरकारी तथा गैर सरकारी तबरबाट १४ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सम्बन्धी सेवा र सुविधाको व्यवस्थापन गरेको छ । यसबाट हरेक क्षेत्रका महिलाहरुले यस सम्बन्धी सेवा तथा सुविधा प्राप्त गरी यसबाट घटित हुने घटना तथा दुर्घटनाबाट अधिकांशको ज्यान बचेको तथ्यांकले देखाउछ । यसलाई कार्यान्वयनमा ल्याउनको लागि सरकार स्वयं लागेको छ, जहाँ जिल्ला अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, गैर सरकारी संस्थामार्फत संचालित संस्था, निजी स्वास्थ्य संस्था आदीलाई अधिकार प्रदान गरी यी अनिश्चित गर्भ र यसको समधानको लागि आईपास नेपाल र स्थानीय संस्थाले सघाएको स्थानीय महिलाहरुको अनुभव छ । सस्थाले विभिन्न समूहमा यसबारे जानकारी दिन थालेपछि आफूहरु स्वास्थय सस्थामा गएर सुरक्षित सेवा लिन थालेको उनीहरुको अनुभव छ ।
यसो त, सुरक्षित गर्भपतन सम्बन्धि परियोजनाको कार्यान्वयन गर्न सुरुमा चुनौती देखिएको थियो । यसले अनिश्चिच र अवैध गर्भले सामाजिक र सास्कृतिक विचलन पनि ल्याउने मानिसमा भ्रम थियाे । यसलाई समधान गर्न पनि गोपनीयताका कुराहरु ख्याल गर्नु पर्ने थियो । त्यसैले आईपासको सहजीकरणमा अर्घाखाँची जिल्लाको ४ स्थानीय तह २ नगरपालिका र २ गाँउपालिका यसको कार्य क्षेत्र बनाएको थियो । परियोजना क्षेत्र निर्धारण भएको स्थानीय तहको पायक पर्ने वडा तथा अन्य किसिमले सामुदायिक अगुवाहरु निर्माण गरी, उनीहरुको सहजीकरणमा जनचेतना, तथा वकालत गरी स्वास्थ्य संस्था तथा अन्य निकायहरुकसँगको समन्वयमा सुरक्षित गर्भपतनलाई कार्यान्वयनमा ल्याईएको थियो । जसको कारणले अहिले पनि गर्भपतन सम्बन्धी विषयमा मानिसहरुमा लज्जा, शंका, हिनता, डर, त्रास, केही पाउन सकिदैन । यसलाई सहजै स्विकार गरी सुलभ र सुरक्षित किसिमले गर्भपतन सम्बन्धी सेवाहरु प्राप्त गरि रहेको कार्यक्रम संयोजक आदर्श अधिकारीले बताए ।
कार्यक्रम संयोजक अधिकारीका अनुसार अब गर्भपतनबाट घट्ने घटना तथा दुर्घटनामा कमी ल्याउदै न्यूनीकरण तर्फ उन्मुख बनाउनु यस परियोजनाको प्रमुख उद्देश्य हो । यसलाई अब सबैको पहलमा यो उपलब्धी हासिल भएको भान हुन्छ । हिजो अनिश्चित गर्भको कारणले हुने डर त्रास र चिन्तालाई अहिले मानिसहरु सेवा खोज्न र प्राप्त गर्न तल्लिन रहनु, यसको कानुनी आधारको बारेमा जानकारी प्राप्त गर्नु, कुन कुन अबस्थामा गर्भपतन गराउन मिल्छ, मिल्दैन भन्ने थाहा पाउनु, त्यसमा सेवा प्राप्त गर्न रुची बढाउनुले स्वास्थ्य, सामाजिक र आर्थिक रुपले नागरिकलाई फाईदा भएको छ ।
गर्भपतनका कारण ज्यान जोखिममा परेमा, महिलालाई शारीरिक वा मानसिक हानि पुग्ने खतरा भएमा, भ्रूण अस्वाभाविकताको जोखिम भएमा नेपालमा गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ । यसलाई जनस्तरमा पुर्याउन आवश्यक छ ।
गर्भपतन अति संवेदनशिल विषय हो । गोपनीयता हनन हुने शंकाको भरमा धेरैको ज्यान गएको छ । थुप्रै अपराध भएका छन् । नाजायज फाईदाहरु उठाईएको छ । त्यसैले गर्भपतन सेवाहरू खोज्ने महिलाहरूको गोपनीयतालाई नेपालमा कानूनद्वारा सुरक्षित गरिएको छ । स्वास्थ्य सेवा प्रदायकहरूले महिलाको गोपनीयताको रक्षा गर्न र कुनै पनि सम्भावित कलंक वा भेदभावलाई रोक्नको लागि अत्यधिक गोपनीयता कायम गर्न आवश्यक छ । जुन कुरा यस सुरक्षित गर्भपतन सम्बन्धी परियोजना मार्फत हरेक तह र तप्कामा प्रशिक्षित गराईएको छ । अब स्थानीय तहबाट पनि महिलाको प्रजनन स्वास्थ्य, यौन तथा सुक्षित गर्भपतन सेवाबारे जानकारी दिने र सचेत बनाउने काममा स्थानीय जनप्रतिनिधि पनि लाग्नुपर्ने सामाजिक अगुवाहरुको भनाइ छ ।















