विराटनगर । कोशी प्रदेशमा गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।

हालसम्म २८ जना बेपत्ता रहेका छन् । सबैभन्दा धेरै बेपत्ता हुने जिल्ला सङ्खुवासभा हो । सङ्खुवासभामा २० जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।
यस्तै पाँचथर पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एक जना रहेका छन् ।
उता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् ।
बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा ठुलो क्षति भएको बास्तोलाले जानकारी दिए । ‘तीन जिल्लाको धेरै ठाउँमा पुलपुलेसाहरु भत्किएको छ । केही हाइड्रोहरूमा क्षति पुगेको छ । पाँचथरको हिलिहाङ र फिदिमको सिमानामा पर्ने मेची राजमार्गको पुल पूर्ण रूपमा क्षति पुगेको छ । तमोर कोरिडोरमा विभिन्न पुलहरू भत्किएका छन् ।
तीन जिल्लाका सम्पूर्ण युनिटका कर्मचारीहरू तत् ठाउँमा उद्धार कार्यमा लागेका छन् ।