आज हामी तपाईँहरुलाई माईक्रोसफ्ट वर्डमा अंकलाई अक्षरमा कसरी बदल्न सकिन्छ भन्ने सिकाउदै छौँ ।
सर्वप्रथम माईक्रोसफ्ट वर्डलाई खोल्नुहोस् । आफुलाई आवश्यक अंक लेख्नुहोस् । लेखेको अंकलाई सेलेक्ट गर्नुहोस् ।
त्यसपछि Ctrl+F9 थिच्नुहाेस् । त्यसपछि अंक काेष्ट भित्र{} अंक देखिने छ । अंककाे सूरूमा equal(=) र अंककाे अन्तिममा ब्याकस्ल्यास \ र स्टार * लगाउनुहाेस् । त्यसपछि बिनास्पेस cardtext लेखी पूनः F9 प्रेस गर्नुहाेस् । तपाइकाे अंक अक्षरमा परिणत हुने छ ।




















