back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु

spot_img

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले घटनास्थलमै ज्यान गुमाएका तीनैजनाको पहिचान नभएको जानकारी दिए। घाइते ३५ वर्षीय विवेक तामाङ र ३२ वर्षीय अर्जुनकुमार प्रजालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

कार्कीका अनुसार शुक्रबार राति पौने २ बजे मनहरी–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएका हुन्।

हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक ठक्कर खाएका थिए। आगलागीका कारण दुवै ट्रक पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?