एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ः१५ बजे हृदयघाट भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक पाण्डेयको दुई छोरा र श्रीमती छन् । पाण्डेयका २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो । पूर्वएमाले पाल्पाको उपसचिव रहेका मृतक पाण्डेय पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेता हुन् ।

उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए । आजै कालीगण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदैछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?