‘आदिपुरुष’ का लेखक मनोजले हात जाेडेर मागे माफी

निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ को रिलिजलाई लिएर निकै विवाद भयो। रामायणको कथामा आधारित भएको भनिएको फिल्मले दर्शकले सोचे अनुरुप मनाेरन्जन दिन सकेन।

दर्शकको अपेक्षा पुरा नभएपछि निकै आलोचित बनेको यो फिल्मका निर्देशक र लेखक सामाजिक सञ्जालमा  निकै ट्रोलको शिकार बने।

मुख्य त फिल्मका संवादका कारण लेखक मनोज मुन्तासिरलाई सामाजिक सञ्जालमा ट्रोल गरिएका थिए। ट्रोल भएपछि अब भने मनोज मुन्तासिरले हात जोडेर माफी मागेका छन् ।

मनोज मुन्तासिरले ट्वीट गर्दै श्री रामका फ्यान, सन्त र भक्तहरूको भावनामा चोट पुर्‍याएकोमा माफी मागेका छन्।  उनले आफ्नो ट्विटमा लेखेका छन्– ‘आदिपुरुष फिल्मबाट जनताको भावनामा चोट पुगेको म स्वीकार गर्दछु। मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु। भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गर्नुहोस्!’

मनोज मन्तशिरले फिल्मका संवाद रामायणको समयका अनुसार नभई आजको बोलचाल अनुसार लेखेको दर्शकको आरोप छ। मनोज मन्तशिरले अझै पनि संवादलाई लिएर जनताको आक्रोशको सामना गर्नु परेको छ। ट्रोल गरेपछि लेखकले धेरै पटक स्पष्टीकरण पनि दिएका छन् र अब उनले माफी पनि मागेका छन्।

‘आदिपुरुष’ मा देखाइएका हनुमान, रावण, इन्द्रजित जस्ता पात्रका संवादबाट आक्रोशित दर्शकले चलचित्र बहिष्कार गर्न माग गरेका छन्। उच्च अदालतले सेन्सर बोर्ड र फिल्मका निर्माता–निर्देशकलाई निर्देशन गरेपछि निर्माताले संवाद परिवर्तन गर्ने निर्णय गरेको हो। अहिले फिल्मका संवादहरू परिवर्तन भएका छन् । ‘आदिपुरुष’ को सम्पादित संस्करण मात्रै हलमा प्रदर्शन भैरहेको छ। तर पनि फिल्मले दर्शकको मन जित्न सकेको छैन।

यो फिल्मको एक संम्वादका कारण नेपालमा पनि केही स्थानीय सरकारले फिल्म प्रदर्शनमा रोक लगाएका थिए।  फिल्ममा सीतालाई ‘भारतीय छोरी’ भनिएको भन्दै काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले फिल्म प्रदर्शन गर्न नदिने घोषणा गरे।पछि पोखरा महानगरपालिकाका मेयर धनराज अाचार्य र धरान उपमहानगर पालिकाका मेयर हर्क सम्पाङले समेत फिल्म प्रदर्शनमा रोक लगाए।

नेपालमा फिल्म प्रदर्शनमा रोक लगाएपछि फिल्मका लेखक मनोज नेपालको सम्बन्धमा अर्को विवादास्पद प्रतिक्रिया दिएका थिए। जसका कारण नेपालमा उनको चर्को आलोेचना भयो। लेखक मनोज मुक्तिशिरले नेपाल भारतबाट अलग भएको दावी गरेका थिए। भारतीय टेलिभिजन ‘आज तक’संग कुराकानी गदै उनले नेपाल भारतबाट १९०३/१९०४ तिर मात्रै अलग भएको दावी गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?