एसईईमा ग्रेड वृद्धि गर्ने विद्यार्थीलाई निःशुल्क टिउसन पढाउँदै वडाअध्यक्ष पौडेल

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको बिहानी समय विद्यार्थीहरुलाई शिक्षा दिन मै वित्छ ।

बिहान साढे ६ बजेबाट ९ बजेसम्म घरमै पढ्न आएका एसईईको ग्रेड वृद्धि परिक्षा दिने तयारी गरेका विद्यार्थीहरुलाई अध्यापन गराउछन् । उनले धातिवाङ्ग माध्यमिक विद्यालयमा अध्ययन गरी ग्रेड वृद्धि गर्ने ८ जना विद्यार्थीहरुलाई नियमित अध्यापन गराँउदै आएका छन् । निःशुल्क रुपमा अध्यापन गराउँने वडा अध्यक्ष पौडेल भन्छन् “‘एसईईमा सोचेअनुसार नतिजा नआएपनि ग्रेड वृद्धि मार्फत थप ग्रेड वृद्धि गर्ने अवसर विद्यार्थीले प्राप्त गरेका कारण घरमै टिउसनको रुपमा अध्यापन गराउँन थालेको छु ।”

वडा अध्यक्ष पौडेलले अनिवार्य गणित र ऐच्छीक गणितको टिउसन पढाउँछन् । “समाजसेवा गर्नका लागी वडा अध्यक्षमा जनताले विजयी बनाएका हुन, विद्यार्थीहरुलाई आफुसँग भएको ज्ञान सिकाई आदानप्रदान गरेपछि विद्यार्थीहरुलाई हौसला बढाउँन टिउसन पढाउँन थालेको छु । गतवर्ष पनि विद्यार्थीहरुलाई टिउसन पढाएको थिए ।” वडा अध्यक्ष पौडेलले भने “यसवर्ष पनि विद्यार्थीहरुले पढाउँन भनेपछि बिहानको करिब ३ घण्टाको समय विद्यार्थीहरुसँग बिताउँछु ।”

२९ वर्षिय वडा अध्यक्ष दिनभर भने वडाकै काममा व्यस्त हुन्छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?