back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

बाजेको कुटाइले दुई वर्षीय नातिको मृत्यु, अर्का एक गम्भीर घाइते

spot_img

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका ६ मुडेलीधारमा बाजेले कुट्दा दुई वर्षीय नातिको मृत्यु भएको छ।

बाजे ५० वर्षीय गणेश साउँदको कुटाइबाट दीपक साउँदका छोरा दुई वर्षीय रेशम मृत्यु बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। गणेशकै कुटाइबाट अर्का नाति ८ वर्षीय रिजन गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते रिजनको नवजीवन अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार भइरहेको छ । बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला गणेशले उनीहरूमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा शुक्रबा बिहान मृत्यु भएको हो।

बालकको हत्या गर्ने गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। गणेश मानसिक बिरामी रहेका पारिवारले जनाएको छ।

रिजन र रेशमका बुबा दीपक कामको सिलसिलामा धनगढीमा छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?