कपिलवस्तु : बसको ठक्करबाट १० गाईगोरु मरे

कपिलवस्तु । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा ३ खरखरेमा बसको ठक्करबाट १० वटा गाईगोरु मरेका छन्।

काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको यात्रु बसले सडकमा रहेका चौपायालाई ठक्कर दिएको बताइएको छ। मङ्गलवार राति अन्दाजी २ बजे भएको घटनाबाट ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिए।

बुद्धभूमि र बाणगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य चारवटा गाईगोरु घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ। बसमा सवार यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ। मरेका गाईगोरुलाई बुद्धभूमि नगरपालिकाको सहयोगमा गाड्ने तयारी भएको प्रहरीले जनाएको छ। कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम रहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?