बुटवल । बर्दिया र रूपन्देहीमा गरी २ जना मृत भेटीएका छन् ।
बर्दिया जिल्लाको राजापुर नगरपालिका-८ भोगपुर बस्ने २० वर्षीय सानु थारु बिहिबार सोही ठाउँस्थित अर्नहवा ताल नजिक रहेको नहरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै रूपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका-१० स्थित तेलार नदीमा करिब ३२ वर्षीय पुरूष मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवके परिचय भने खुल्न सकेको छैन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ ।












