आर्थिक अभावले उपचार खर्च जुटाउन समस्या सहयोगको याचना गर्दै कुमाल

बुटवल । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर–६ निवासी ३६ बर्षिय मधु कुमाल विगत लामो समय देखि पेट सम्बन्धी विरामी भएर उपचारका लागि आर्थिक अभाव हुँदा सहयोगको लागि याचना गरेकी छिन् ।

लामो समय देखि पेट सम्बन्धी रोेग लागेको तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण अस्पताल सम्म गएर उपचारगर्ने रकम नहुँदा घरमा नै उपचारको लागि आर्थिक याचना गर्दै बसेकी छिन् ।

उपचारमा आर्थिक अभाव भएपछि वडा नम्बर ६ को कार्यालयले सहयोगको लागि मनकारी महानुभावहरु लाई आग्रह सहितको पत्र समेत काटेको छ । वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले कुमालको उपचारका लागि आर्थिक अभाव भएकोले सहयोगको लागि आग्रह गरिएको बताए ।

श्रीमान् घरेलु मजदुर समेत रहेका कुमालको परिवारमा आर्थिक चपेटमा रहदै आएको छ । उपचारका लागि केही समय पहिला अस्पतालमा चहारे पनि आर्थिक अभावको कारण उनको उपचार गर्न नसकीएको श्रीमान् रेन बहादुर कुमालले बताए ।

उनलाई सहयोग गर्नको लागि मनकारी महानुभावले पिडीत मधु कुमाल को नाममा ग्लोबल आईएमी बैंक सन्धीखर्क शाखाको खाता नम्बरः ४९०७०१०१८९५१४ मा सहयोग गर्न सकिन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?