यस्तो छ आजको मौसम, यी स्थानमा वर्षा

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशलगायत बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका  केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी  प्रदेशका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?