बुटवल । इडन बोर्डिङ सेकेन्डरी स्कुल बुटवल ११ नरहरपुरले स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण पनि प्रदान गरेको हो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएकाले स्कुलमा अध्ययन भइरहेको होटल म्यानेजमेन्टले दक्ष जनशक्ति उत्पादन गरी बेरोजगारी समस्या कम गर्न सहयोगी भूमिका खेल्ने बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य शिवहरि भट्टराईले विद्यालयले गुणस्तरीय शिक्षा दिन हरदम प्रयास गरिरहेको बताए। उनले कक्षा ११ र १२ सँगै एसइइको नतीजाले पनि यो कुरालाई प्रष्ट पारेको उल्लेख गरे । यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य तथा विद्यालयका सञ्चालक समितिका अध्यक्ष नकुल शाहीले विद्यालयलाई उत्कृष्ट बनाउन आफु सधै अग्रसर भएर लागिपरेको बताए ।
कार्यक्रम उप-प्राचार्य जगत पौडेलको स्वागत तथा अतिरिक्त क्रियाकलाप परमुख कुशल बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो । साथै उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।















