back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

कोशी प्रदेशका मुख्‍यमन्त्री थापाले पाए विश्वासको मत

spot_img

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा ४७ मत, विपक्षमा  मत ३० परेको बैठकको अध्यक्षता गरेका (सभामुख) इस्नाइल मन्सुरीले बताए।

उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं हिँडेपछि अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सभामुखको भूमिकामा बैठक संचालन गरेका थिए।

आजको बैठकमा कुल सांसदहरूको उपस्थित संख्या  ७७ रहेको पनि अध्यक्षता ग्रहण गरेका मन्सुरीले बताए। उनले पनि मतदान गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन्।

हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद छन्।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अध्यक्षता ग्रहण गरेको व्‍यक्तिले पनि मतदान गरेकोमा विरोध गरेको छ। साथै उसले सदनदेखि आवश्यक सबै ठाउँमा प्रतिवाद गर्ने चेतावनी दिइसकेको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?