अर्घाखाँची : धातिवाङ्गमा नवर्निमित स्वास्थ्य चौकी भवनको उद्घाटन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं‍. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको विकास सबैभन्दा महत्वपुर्ण रहेको बताएका छन् ।

पाणिनी–६ धातिवाङ्गमा नवर्निमित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दे अध्यक्ष पौडेलले निर्माण भएको स्वास्थ्य चौकी भवनले अव स्वास्थ्यकर्मीहरुले सहजै राम्रो भवनमा बसेर सेवा दिनलाई थप टेवा पुग्ने बताए ।

गतवर्ष शिलन्यास भएको स्वास्थ्य चौकी भवन समयमै सम्पन्न गर्ने ठेकेदारलाई धन्यवाद दिदैँ स्वास्थ्य क्षेत्रको विकासका लागी प्राथमिकता दिएर अगाडी बढेको बताए । उनले स्वास्थ्य संस्थाको भवन मात्रै बनेर नहुने बताउँदै स्वास्थ्य संस्था हुदैँ वडालाई नै पोषणमैत्री वडा बनाउँने अभियानमा लागेको बताए ।

गर्भवती महिलाहरुका लागी क्याल्सीयम वितरण, पोषणमैत्री सामाग्री हस्तान्तरण लगाएतका कामहरु गतवर्ष गरेको बताउँदै हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउँनका लागी पहल गर्ने बताए । निर्वाचनमा गरेका प्रतिवद्धताहरु पुरा गर्नका लागी जनप्रतिनिधीहरु एकै ठाउँमा रहेको बताउँदै अध्यक्ष पौडेलले धातिवाङ्गलाई नमुना वडा बनाउँन पहल गरेको बताए ।

उद्घाटन कार्यक्रममा काँग्रेसका कार्यवाहक सभापति तारापति पौडेल, एमालेका सचिव प्रेमनारायण पौडेल, कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्य हरिप्रसाद पौडेल, खगेश्वर पौडेल, पुनिकुमारी कामी, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पौडेल, सिता आधारभुत विद्यालयका प्रअ राजबहादुर सारु, सिद्धेश्वर सहकारीका अध्यक्ष घनश्याम पौडेल, स्वयंमसेविका जानका राष्कोटी लगाएतले मन्तव्य राखेका थिए । सोही अवसरमा धातिवाङ्गको लामडाडाँमा गाउँघर क्लिनिक बनाउँन निशुल्क जग्गा दिने जग्गादाता टोपलाल पौडेललाई सम्मानपत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?