टी-२० अन्तर्राष्ट्रिय शृंखला : फाइनलमा आज नेपाल र हङकङ खेल्ने

काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ।

अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो।

नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।

हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट ०.१९२ छ। हङकङले कुवेत र मलेसियालाई हराएको थियो।

मलेसिया तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भए पनि नेट रनरेटका कारण तेस्रो स्थानमा पुग्यो। मलेसियाको नेटरनरेट ०.००७ रह्यो ।

कुवेत तीन खेलमा तीनवटैमा हारका साथ अंकविहीन हुँदै बाहिरियो। तेस्रो स्थानको लागि शनिबार नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?