वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द

एसिया कप २०२३ को बहुप्रतिक्षित भिडन्तमा भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ।

भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ थल्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो।

समूह ‘ए’ को यो खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन्। अघिल्लो खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। नेपाल र भारतबीचको खेलको विजेता सुपर फोरमा पुग्नेछ।

त्यसअघि श्रीलंकाको पल्लेकेलेमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २६६ रनमा अलआउट भयो। भारतका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय इशान किसन र हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। इशानले ८१ बलमा ८२ रन र पाण्ड्याले ९० बलमा ८७ रन जोडे।

त्यसअघि ओपनरद्वय रोहित शर्मा ११ रन र शुभमन गिल १० रनमा आउट भए। रोहितलाई पाकिस्तानका शाहीन शाह अफ्रिदीले बोल्ड गर्दा गिललाई हरिस रउफले बोल्ड नै गरे।

त्यस्तै विराट कोहलीलाई अफ्रिदीले बोल्ड गरेका थिए। श्रेयष अय्यरलाई रउफले फखर जमानबाट क्याए। यसरी पाकिस्तानले  १५ ओभर चल्दै गर्दा भारतका शीर्ष चार ब्याट्सम्याटको विकेट लिएको थियो। त्यतिबेला भारतले ६६ रन जोडेको थियो।

त्यसपछि इशान र पाण्ड्याबीच पाँचौ विकेटका लागि १४६ रनको साझेदारी भयो। बलिङमा पाकिस्तानका अफ्रिदीले ४ विकेट लिए भने नशीम शाहले ३ विकेट हात पारे। रउफले पनि ३ विकेट नै आफ्नो नाममा लेखाए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?