नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको रुपान्तरण अभियानमा अर्घाखाँचीको ईन्चार्ज भएर सगठनलाई चुस्तदुस्त बनाउनको लागि दिनरात खटिई रहनुभएका बामदेब घिमिरेसंग बिविध बिषयमा केन्द्रित रहेर पत्रकार अनिल नेपालीले गरेको कुराकानी:
१) बर्तमान देशको राजनितिक परिस्थति लाई तपाईको पार्टीले कसरी विश्लेषण गरेको छ?
यतिबेला नेपाली समाज राजनितिक रुपमा अन्यन्त तरल र चुनौती पूर्ण रुपमा उभिएको छ जनताको लामो बलिदानपुर्ण र शान्तिपुर्ण आन्दोलनबाट प्राप्त उपलब्धी माथि एकथरी राजनितिक दलहरुको निरकुशता बढेर गएको छ । समाबेशी समानुपातिक चरित्रको सघीय लोकतान्त्रिक गणतन्त्रको सविधान उल्टाउने पडयन्त्र गरि रहेका छन् विभिन्न कोणबाट दक्षिणपन्थी शक्तिहरुको ससदमा घेराबन्दी गर्ने थकाउने गलाउने र आत्मसमर्पण गराउने वा अनआबश्यक सम्झौता गराउने बार्गेनिङ्ग गर्ने पड्यन्त्रमा लागेको देखिन्छ ससद भित्रको अधोषित गठबन्धन यसैको एउटा रुप हो भन्न सकिन्छ तर हामी कुनै पनि हालमा मिनि प्रतिगामी तत्वहरु लाई सफल हुन दिदैनौ ।
२) माओबादी पार्टी जनतामा हराउदै जाने परिस्थिति सिर्जना भएको थियो । तर तपाईहरु शान्ति प्रक्रिया पछि पहिलो चोटी अभियानमा केन्द्रित हुनुभयो यो अभियान खासगरी कस्तो रहन्छ । जनताले यो अभियानबाट के आशा गर्ने ?
तपाईले ठीक प्रश्न उठाउनु भयो । अप्ठारो पर्दा क. माओले भन्नु भएको थियो जनतामा जाने र जनताबाट लिएका बिचार सश्लेषण गरेर जनतामा बिचार बनाएर जाने भन्नु भने झै हामी जनताका बीचमा अभियानको माध्यबाट जादै छौ । क. माओको भनाई छ । नियमहरुले मात्र काम चल्दैन मानिसहरुको मन बदल्नु पर्छ उक्त भनाई चिनिया क्रान्तिमा पैदा भएका खराबीहरु लाई सच्चाउन र नयाँ जनबादी क्रान्ति सफल पार्टी छाड्न (१९४५)तिर सारिएको बिचार हो हाम्रो पाटी भित्र पनि थुप्रै विकृति तथा खराबीहरु बढेर जादा हामी जनताको बिचबाट हराउदै गएको यथार्थ हो । त्यसैले केन्द्रिय समितिको बैठकले जनतासँग माओबादी विशेष रुपान्तरण को अभियान सचालन गर्ने प्रत्येक वडामा नेताहरु केन्द्रित हुने जनताका पिर मर्का सुन्ने गल्ती गरेको भए अन्तरजिल्ला गएर यो अभियान संचालन गर्ने निर्णय सहित हामी ५ जाना जना केन्द्रिय सदस्य मेरो नेतृत्वमा अर्घाखाँची आएका छौ । हामी आफै रुपान्तरण हुने र जनताले यो अभियानबाट पाउने भनेको माओबादी केन्द्र भनेको परिबर्तनकारी पार्टी हो । हामीले अभियानमा सुझाब आचोलना ग¥यो भने यो पार्टी सुद्ध हुनेछ र फेरी समाजबादी क्रान्ति गरी गास बासको ग्यारेण्टी गर्नेछ भनेर विश्वस्त हुनेछन् ।
३) तपाईहरु २०६४ सालको माओबादी बनाउछौ भनेर भन्न थाल्नु भएको छ सम्भब छ ?
सम्भब छ हिजो जनयुद्ध थालनी गर्ने बेला कसैले विश्वास गरेका थिएनन् बरु खिसी टिउरी गरेका थिए हामीले युद्धमात्र लडेर नै समाजमा एक किसिमको साँस्कृतिक क्रान्ति गरेका छौ । राजतन्त्रको अन्तगरी समाबेशी समानुपातिक जाति बर्ग क्षेत्र लिङ्गको प्रतिनिधित्व सुनिश्ची गर्ने तीनतहको सरकार संचालन गर्ने गरेका छौ भने हामी रुपान्तरण भएर उनी नेता कार्यकर्ता छौ । हामी २०६४ सालको पार्टी बनाउन सक्छौ ।
४) तपाईको अभियानमा जनजनमा माओबादी घरघरमा माओबादी भन्ने नारा सहित हिड्नु भएको छ माओबादी ६ वटा पार्टीमा विभाजन छ कसरी मिलाउनु हुन्छ । यो सम्भब देख्नु भएको छ ?
हामी आफै पनि रुपान्तरणको लागि यो नारा अगाडि सारेका छौ । त्यसैले पहिले हामी जनता बीच जान्छौ । घरघरमा पुग्न हामीले अर्घाखाँचीमा टोली निर्माण गरि सकेका छौ यो अभियानमा सुढृढ पार्टी जनसगठन धनिष्ठ जनसम्वन्ध एब अभियानको लक्ष्य यही हो । अहिले नेता कार्यकताका आचरण, व्यवहार विग्रेका छन् पार्टीमा पद प्रतिष्ठा र लाभको लागि जस्तोसुकै काम गर्न पनि तयार हामी हुन्छौ । साँस्कृतिक रुपमा हाम्रा जिवनपद्धति लवाई खनाई आर्थिक र परिबार सम्वन्ध बर्गचेतना श्रम र उत्पादनबाट टाढा भएर बिग्रका छौ । पहिले हामीलाई सच्चाउन जरुरी छ फेरी माओबादीबाट छुट्टै चुलो चलाएका ६ वटा हैन १२ वटा ग्रुपमा पार्टी छन् तिनीबीच पनि हामी छलफल गरेका छौ बाबुराम विप्लब समाजबादी मोर्चामा सगै भएकोले पार्टी एकताको बार्तामा छौ । अन्यसित पनि छलफल छर एक्लै हिडेर कसैको भविष्य पनि छैन ढिलो चाडो माओबादी पार्टी एकै ठाँउमा भएर मात्र यो देशलाई समाजबादी दिशामा अगाडि जान सक्छौ ।
५) हिजो जनताको बिचमा लोकप्रिय थियो तपाईहरुको पार्टी अहिले सरकारको नेतृत्व गदैछ तर पनि जनताबीच लोकप्रिय हुन सकेन । माओबादी भन्न बिद्यिकै के विराए जस्तो गरेर हिड्ने परिस्थिति सिर्जना भयो के तपाईहरु फेरी परिबर्तनको लागि केही गर्नुहुन्छ ?
ठीक हो हिजो जनताका बिच लोक प्रिय थियो अहिले पनि यो देश हाम्रो बिचारमा अगाडि बढेको छ त्यो सत्य हो अहिले हामी सरकारको नेतृत्व गर्दा फेरी नया युद्धको थालनी गरेका छौ । भ्रष्टाचारका फाईल क्रमश खोल्दै जादा फेरी जनताका बीच काम गर्ने त माओबादी नै हो भन्ने परेको छ । तर हाम्रो आचरण व्यबहार पार्टी भित्रको अन्तरसघर्षले केही असर पारेको पक्कै हो तर अग्नीपरिक्षामा होमिएका छौ । हामी आत्मसघर्ष अन्तरसघर्ष र फेरी बर्गसघर्षको दिशाबाट अगाडि बढ्यो भने फेरी परिबर्तनको झण्डा माओबादी पार्टीले उठाउने छ भन्नेमा हामी विश्बस्त छौ ।
६)तपाईको पार्टी अध्यक्ष प्रचण्डले बैठकमा माओबादी पार्टी माओबादी जस्तो भएन भनेर निराशा प्रकट गर्नुभयो किन ?
ठिक हो केन्द्रिय समितिको चौथो पुर्ण बैठकमा आएका रिपोटिङ्गको सश्लेषण पार्टी विग्रेको सरह केन्द्रित नेताहरु रहने र जनताको बिचमा नजाने पद प्रतिष्ठा धनको लागि जस्तो सुकैकाम गर्न तयार रहने भएकोले पार्टी कम्युनिस्ट चरित्रको रहेन यसलाई रुपान्तरण गरेर नयाँढगको माओबादी पार्टी बनाउनुपर्ने आबश्यकता भएर नै यो अभियान सचालन गरिएको हो कम्युनिष्टहरु निराशा हुदैन निराशालाई आशामा बदल्ने शक्ति राख्दछन्
७) अभियान पछि माओबादी कस्तो बन्छ र जनताले दिएका सुझाब माओबादीलाई विश्वास गर्ने आधार के हुन्छ ?
३ महिने अभियानमा हामी जनताको बिचमा भाद्र देखि टोलटोलमा जान्छौ र पार्टी सुढुीकरण गर्ने र निर्माण गर्ने काम गछौ त्यसैले अनुशासित मिलिटेन्सी विधिमा चल्ने जनताका पिर मर्को बुझने पार्टी निर्माण गछौ अहिलेको आबश्यकता त्यही हो क . माओले भन्नु भएको छ जनताबीच जाउ जनताले दिएका बिचार ल्याउ र सश्लेषण गरेर जनतालाई देउ भने झै यो अमियानले हुदैन जनताले दिएका सुझाबलाई हेरेर ३ महिना पछिको बस्ने केन्द्रिय समितिको बैठकमा हामी योजना बनाउछौ । फेरी पुरानो २०६४ को पार्टी निर्माण गछौ ।
८) हिजो जनयुद्धको बेलामा अन्याय अत्याचार लगायतका समाज विरोधी काममा प्रेरित हुनेलाई जनकार्यबाही गर्ने पार्टी अहिले तपाईहरुका नेता कार्यकर्ता ती क्रियाकलापमा केन्द्रित भएको पाईन्छ ती क्रियाकलाप केन्द्रित नेता कार्यकर्तालाई खास गरी यो अभियानले के गर्छ ?
ठीक हो हामीले नगरपालिका गाँउपालिकाका बैठक सम्पन्न गरेका छौ ५० प्रतिशत बाडक बैठक पनि सम्पन्न गरेका छौ १५ गते सम्म हामीले अर्घाखाँची जिल्लाका वार्डहरु सबै बैठक सम्पन्न गछौ हामीले जनयुद्धकालमा अन्याय अत्याचार समात्रीक काममा गलत गरेकालाई कार्यबाही गरेका थियो । त्यो बेला दायासत्रा पनि थियो त्यही भएर होला समाजमा भउका अन्याय अत्याचारका मुद्धा माओबादीले गर्छ भनेर मुद्धाका निवेदनको चाङ्ग लाग्न थालेको छ हामी विधि प्रक्रिया आएकोले कानुनलाई हातमा लिएर जनकार्यबाही त गदैनौ तर रिपोर्ट सकलन गछौ बर्गिकरण गरेर छलफल बाट हुने टुङ्गाउछौ र नहुने प्रशासन लाई जिम्मा दिन्छौ जहासम्म हाम्रा नेता कार्यकर्ताको हो त्यस्तो फेला परे पार्टीलाई कार्यबाही गर्न सिफारि गछौ ।
९) २०६४ साल तिरको सत्ताको मोहमा घुम्दै आएका नेता कार्यकर्तामा अन्तर जिल्ला अन्तर पालिका अन्तर वडामा खटाउने स्थिति केन्द्रिय समितिले कसरी ग¥यो यो निर्णयले नेता कार्यकर्तालाई कतै अप्ठारो पार्ने त होइन ?
यो परिक्षाको घर्डी हो अध्यक्ष कामरेडले पनि ७ वटा प्रदेशमा ७ वटा वडा जिम्मा लिनु भएको छ माओबादस् विग्रको सत्य हो हाम्रो दैनिक आचरण सम्पर्क सम्वन्ध जीवनपद्धति लाई आर्थिक र पारिबारिक सम्वन्ध बर्ग चेतना श्रम र उत्पादन बारे जाच गर्नुछ हामीले अन्तर जिल्ला गएर परिक्षा दिनु छ कति पास हुन्छन् कति फेल हुन्छन् त्यही परिक्षाको घडीहो यो कसैले अप्ठारो मान्नु पदैन ।
१०) सुशासनको पक्षमा सरकारले राम्रो काम गदै थियो जनताको अपेक्षा पनि सरकार प्रति थियो तर माओबादी नेताकानामआउने वित्तिकै सरकार किन पछाडि हट्यो ?
सरकार पछि हटेको छैन बरु सुशासनका काम गर्दा सदनमा घेरा हाल्ने धपाउने, गलाउने र बार्गनिङ्ग गर्ने र सम्झौता गर्ने काम भएको छ, त्यसैले ढिलाई होला जहासम्म माओबादी पार्टीका नेताहरुको नाम आउने प्रश्न हो हामी ढुक्क छौ केन्द्रिय समितिको बैठकले एकमतले पास गरेका छौ पार्टीको नेता कार्यकता जो सुकै परुन् यो अभियान रोकिन हुदैन र हाम्रो पार्टीका कार्यबाही गर्नुपर्नेछ भनेर पास गरेका छौ हामी दुविधामा छैनौ जनता ढुक्क हुनुहोला माओबादी पार्टीले भ्रष्टाचारीलाई जनकार्यबाही गर्नेले आफ्ना नेता कार्यकर्तालाई छोड्ने प्रश्नै हुदैन ।
११) छिन्न भिन्न भएका माओबादीलाई एकता प्रक्रियामा लैजानेको लागि यो अभियानले कस्तो भुमिका निर्वाह गर्छ ?
छुट्टा छुट्टै चुलो जलाएर बसेका माओबादीले अनुभुति गरि सकेका छन् । एक्लै केही हुदैन एकतामा जोड दिने पक्षमा छन् र हामीले अभियानमा स्थानीय तहमा छलफल गरेर दवाद दिने योजना बनाएका छौ । केही घर फकर्ने अभियानमा पनि बनाएको हुदा साथीहरु फकर्ने तयारीमा छन् डा. बाबुराम, विप्लबको समाजबादी मोर्चा बनाई सकेका छौ । छिट्टै पार्टी एकताको पक्षमा छौ ।
१२) तपाईलाई पार्टीले खटाएको अर्घाखाँची जिल्लामा सगठनलाई कस्तो बनाउनुहुन्छ कि फोटो मात्र खिचाउनुहुन्छ ?
तपाई मिडियाले थाहा पाई सक्नु भएको कतिपय अनलाईन पत्रिकाले माओबादी गाउ पसे भनेर सकारात्मक लेखेको पाए पत्रकार सम्मेलनमा पनि फोटो प्रश्न उठेको थियो हामी प्राविधिक युगमा फोटो र खिचौला तर अर्घाखाँची पार्टी अब्बल पार्टी सुदृढ पार्टी बनाउछौ ३ महिना पछि तपाईहरु सित भेट्दा तपाई आफैले मुल्याङ्गन गर्नु हुनेछ ।
१३) गाँउम शहिद परिबा बेपत्ता परिबार घाइते परिबार अयोग्य लडाकु लाई कसरी सम्झनुहुन्छ ती परिबारका सदस्यलाई अभियानमा कसरी जोड्नुहुन्छ ?
यिनी सबै हाम्रो पार्टीका सम्पत्ति हुन् अहिलेको सरकारले सहिद परिबारलाई वा सहीदलाई राजपत्रमा केन्द्रित गरेको छ हामी सबैको डाटा छ परिबारमा हामी भेटघाट मात्र होइन उनीहरुलाई सरक्षण गर्ने व्यबस्थापन गर्ने अभियानमा जोड्ने काम गर्दछौ यो जिल्लामा ७६ जना सहिद छन् केही अप्ठारोमा परेका छन् सम्वोधन गरेका छौ उहाँहरुका पिरमर्कोलाई प्राथमिकतामा राखेर यो अभियानमा सगै लिएर हिडेका छौ ।
१४) अन्त्यमा के भन्न चाहानुहुन्छ ?
हामी रुपान्तरणको अभियानमा आउका छौ जनताहरुले हामीलाई रचनात्मक आलोनचा गनु हुनेछ सुझाब दिनु हुनेछ के गर्दा माओबादी सुर्दिछ त्यो सुझाबको अपेक्षा पत्रकार बन्धुबाट पनि गरेका छौ । अर्घाखाँची जनताबीच यही पत्रिका माध्यमबाट अपिल गर्न चाहान्छु तपाईहरु नहिच्काईकन माओबादीलाई सुझाब दिनुहुनेछ माओबादी परिबर्तनको वाहकको भोली पनि यही पाटीले तपाईहरुको सेबा गर्नेछ भन्ने प्रतिबद्धता तपाईहरु बीच राख्न चाहान्छु ।