राष्ट्रिय नाचघरमा आयाेजित गणेश रसिककाे एकल साँझ सम्पन्न

काठमाण्डौ । काठमाण्डौको राष्ट्रिय नाचघरमा गणेश रसिक एकल साँझ सम्पन्न भएको छ । छिनामखु समाजले यो कार्यक्रम गरेको हो ।

हिजो दिउँसो तीनबजेदेखि ६ बजेसम्म साङ्गीतिक साँझ भएको थियो । राष्ट्रिय नाचघरको हलमा भएको भव्य कार्यक्रममा रसिकका नयाँ पुराना कालजयी गीतहरु घन्किए ।

भोजपुरको छिनामखुमा जन्मीएका गणेश रसिकको सङ्गीत तथा स्वरमा दर्जनौँ गीत लोकप्रिय छन् । २०२४ सालमा गाउँबस्तीका भाका र आवाजमा रेडियो नेपालमा गीत रेकर्ड गरेर व्यावसायिक साङ्गीतिक यात्रा शुरु गरेका उनको आज पनि गीत सङ्गीतमा उहाँको उत्तिकै लगाव छ ।

५६ वर्षको लामो साङ्गीतिक यात्रामा उहाँले घरबेटी नानी, रातो भाले खोएँ खोएँ, धेरै सम्झे धेरै हुन्छ, हट्ने होइन डटी लड्ने, तराई हेर कति राम्रो लगायतका तीन सयभन्दा धेरै गीतहरु गाइसकेका छन् । चेतनामूलक र सकारात्मक सन्देश बोकेका गायक रसिकका गीतले लोकलयका भाका, अमर आधुनिक गीत र मनछुने प्रेमिल विम्बको संरक्षणमा टेवा पुगेको छ ।

गाउँले भाका, जनजिब्रोका शब्द, मनछुने कथा र भोगाइलाई सङ्गीतमा उतार्न सक्ने खुबी भएका गायक रसिकको काम र योगदान शब्दमा वर्णन गरेर सकिँदैन भन्नुहुन्छ, गायिका झुमा लिम्बु  । गीत, सङ्गीत र साहित्यमा गर्विलो इतिहास बनाउन सफल गायक रसिकका गीतसङ्गीतले मनोरञ्जनसँगै सामाजिक जागरण र रुपान्तरणको लागि पनि ठूलो भूमिका खेल्दै आएको छ ।

उहाँका कविता, उपन्यास, संस्मरण र निबन्ध विधामा पुस्तक पनि प्रकाशित छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?