राष्ट्रिय नाचघरमा आयाेजित गणेश रसिककाे एकल साँझ सम्पन्न

काठमाण्डौ । काठमाण्डौको राष्ट्रिय नाचघरमा गणेश रसिक एकल साँझ सम्पन्न भएको छ । छिनामखु समाजले यो कार्यक्रम गरेको हो ।

हिजो दिउँसो तीनबजेदेखि ६ बजेसम्म साङ्गीतिक साँझ भएको थियो । राष्ट्रिय नाचघरको हलमा भएको भव्य कार्यक्रममा रसिकका नयाँ पुराना कालजयी गीतहरु घन्किए ।

भोजपुरको छिनामखुमा जन्मीएका गणेश रसिकको सङ्गीत तथा स्वरमा दर्जनौँ गीत लोकप्रिय छन् । २०२४ सालमा गाउँबस्तीका भाका र आवाजमा रेडियो नेपालमा गीत रेकर्ड गरेर व्यावसायिक साङ्गीतिक यात्रा शुरु गरेका उनको आज पनि गीत सङ्गीतमा उहाँको उत्तिकै लगाव छ ।

५६ वर्षको लामो साङ्गीतिक यात्रामा उहाँले घरबेटी नानी, रातो भाले खोएँ खोएँ, धेरै सम्झे धेरै हुन्छ, हट्ने होइन डटी लड्ने, तराई हेर कति राम्रो लगायतका तीन सयभन्दा धेरै गीतहरु गाइसकेका छन् । चेतनामूलक र सकारात्मक सन्देश बोकेका गायक रसिकका गीतले लोकलयका भाका, अमर आधुनिक गीत र मनछुने प्रेमिल विम्बको संरक्षणमा टेवा पुगेको छ ।

गाउँले भाका, जनजिब्रोका शब्द, मनछुने कथा र भोगाइलाई सङ्गीतमा उतार्न सक्ने खुबी भएका गायक रसिकको काम र योगदान शब्दमा वर्णन गरेर सकिँदैन भन्नुहुन्छ, गायिका झुमा लिम्बु  । गीत, सङ्गीत र साहित्यमा गर्विलो इतिहास बनाउन सफल गायक रसिकका गीतसङ्गीतले मनोरञ्जनसँगै सामाजिक जागरण र रुपान्तरणको लागि पनि ठूलो भूमिका खेल्दै आएको छ ।

उहाँका कविता, उपन्यास, संस्मरण र निबन्ध विधामा पुस्तक पनि प्रकाशित छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?