अर्थतन्त्रलाई चलायमान बनाउन भरोसापूर्ण कदम चाल्नुपर्छ : सहमहामन्त्री पाण्डे

बुटवल । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले दिन प्रतिदिन गिर्दै गएको देशको अर्थतन्त्रलाई चलायमान बनाउन भरोसापूर्ण कदम चाल्नुपर्ने जरुरी रहेको बताएका छन्।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलले शुक्रवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले देशलाई आर्थिक सबलीकरणमा लैजान लगानी सम्मेलन गर्नुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समय देशमा दक्ष जनशक्तिहरु बाहिरिदै जानु राज्यका लागि गम्भिर कुरा भएको उल्लेख गर्दै स्थानीय तहहरुबाट प्रभावकारी काम हुन नसकेको जिकिर गरे । जनतामैंत्री, विकास र समृद्धितर्फ देश जान नसकेकाले जनतामा निराशा छाउदै गएकोले त्यसतर्फ सत्ता र प्रतिपक्ष दलले महत्वपूर्ण कदम चाल्नुपर्ने समय आएको बताए । उनले कोशी प्रदेशमा देखिएको समस्या काँग्रेसको आन्तिरक घटनाक्रमले बढेकाले कुनै पार्टीको बहुमत नभएकाले उक्त प्रदेशमा राजनितीक किचलो बढ्दै गएकाे स्पष्ट पारे ।

उनले प्रदेशको समस्यालाई समाधान गर्न जटिल परिस्थितिमा प्रदेश प्रमुखले कानुनी परामर्श र कानुन बमोजिम निकास दिनुपर्ने बताउदै प्रदेशको समस्या मुख्यमन्त्री स्वंयमले समाधान गर्नुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्य समेत रहेका पाण्डेले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई छिटोभन्दा छिटो सरकारलाई पूर्णता दिने काममा अगाडि बढ्न आग्रह गर्दै प्रदेश सञ्चालन गर्न संघबाट कुनै रोकतोक नभएको स्पष्ट पारे।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?