अहमदावादमा भारत र पाकिस्तान भिडन्त

एजेन्सी । आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुदै छ।  अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसव सवा २ बजे खेल हुनेछ।

जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २/२ खेल जितेर शानदार शुरुवात गरेका छन्। भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो।

पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानका खेलाडी राम्रो फर्ममा रहेकाले यो खेल निकै रोचक हुने अनुमान गरिएको छ। ​

एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक भिडन्त भएको छ। र, सबै खेल भारतले जितेको छ। विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन।

विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरेपनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ। दुवैबीच अहिलेसम्म १३४ एकदिवसीय खेल भएका छन्। जसमा पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५६ खेल जितेको छ। ५ खेलको कुनै नतिजा आएको छैन।

भारत र पाकिस्तानबीच पछिल्लो पटक हालै सम्पन्न एशिया कपमा खेल भएको थियो । एशिया कपमा खेलेको पहिलो खेल बर्षाले प्रभावित भएपछि नतिजा आएको थिएन भने दोस्रो खेल भारतले २२८ रनले जितेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?