तेस्रो मुलुकमा पत्रकारिता गर्न सोचे जस्तो सहज छैन : अध्यक्ष भण्डारी

प्रवासी पत्रकारिता नेपालीको हितमा छ

बुटवल । पत्रकारिता प्रविधिको विकास सँगै पछिल्लो समय गुणात्मक रुपमा विकसित हुँदै गएको छ । राज्यको चौथो अंग मानिने पत्रकारिता निष्ठापूर्वक कलम चलाउनुपर्ने पेसा हो समाजलाई सुसूचित र सन्देश प्रवाह गर्ने माध्यम नै पत्रकारिता जगत हो । स्वच्छ र स्वतन्त्र रुपमा गरिने पत्रकारिताले बेथितिलाई बाहिर ल्याएर समस्यालाई समाधान गर्ने गर्दछ । 

पछिल्लो समय पत्रकारितामा केही विचलनको स्थिति आएको देखिन्छ । यसलाई  पत्रकारिता आचारसंहिता बाहिर जान नदिन पत्रकारहरूलाई क्षमता अभिवृद्धि तालिम आवश्यकता रहेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सूरज भण्डारीले बताए । आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा बोल्दै नेजाका नवनिर्वाचित अध्यक्ष भण्डारीले यस्तो बताएका हुन । 

अध्यक्ष भण्डारीले रूपन्देहीमा रहेर लामो समय पत्रकारिता गरेका उनी हाल अमेरिकाको भूमिबाट पनि नेपाली पत्रकारिताको मायालाई अँगाल्दै अमेरिका र नेपालको सम्बन्धलाई अझ नजिक बढाउने गरि कलम चलाउँदै आएको भन्दै आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले भण्डारीलाई सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रवासमा रहेर नेपाली भाषा सहितको पत्रकारितालाई गुणात्मक रुपमा अघि बढाउने गरी निरन्तर कलम चलाउँदै आएको बताए । उनले तेस्रो मुलुकमा पत्रकारिता गर्न सोचे जस्तो सहज नभएको भन्दै प्रवासी नेपालीहरूको उत्थानको लागी आफूहरू लागी परेको जनाए । अध्यक्ष भण्डारीले नेजाले ग्रामीणस्तरमा रहेर पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन स्वरुप राशि सहितको सम्मान गर्दै आएको बताए । उनले रिपोर्टर्स क्लब नेपालले देश र समाजको लागी उल्लेख्य कार्य गरेको भन्दै आगामी दिनमा थप प्रभावकारिताका साथ अगाडि बढ्न आग्रह गरे ।  

कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष किसन रेग्मीले क्लब छोटो समयमा नै प्रवासमा रहेका नेपालीहरूको दुख सुखको साथी बन्न पुगेको बताए । उनले अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै उनले नेपाली र नेपालको हितमा काम गर्दै आएको दाबी गरे । अध्यक्ष  रेग्मीले नेपालमा रिपोर्टर्स क्लबको लामो इतिहासलाई आफूहरूले १ वर्षमा नै पूरा गर्न नसक्ने तर क्लबको औचित्य र गरिमालाई  प्रवासी नेपालीहरू माझ कमी हुन नदिने जिकिर गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?