गुनासो – कविता

बादल लाग्दैमा आज
घाम अस्तायो नभन्नु
बोलिन भन्दैमा तिमीसित
म रिसायो नभन्नु
म त सधैँ तिमीलाई नै हेर्ने गर्छु
कहिलेकाहीँ आँखा झिम्काए भन्दैमा
मैले भुल्न खोजे नभन्नु।

खोल्सामा पानी जम्दैमा
त्यसलाई नदी नभन्नु
म उनीसित नजिकिए भन्दैमा
म तिम्रो होइन नभन्नु
म त सधैँ तिमीलाई नै पाउने आश गर्छु
कहिलेकाहीँ मेरो अँगालोमा च्यापे भन्दैमा
तिम्रो स्वतन्त्रता लुटे नभन्नु।

तिमीले हेर्दा मैले हेरिन भन्दैमा
मेरा आँखाहरु अर्कै तिर मोडिए नभन्नु
तिमी बोल्दा म बोलिन भन्दैमा
मेरा ओठहरुले तिमीलाई चाहेनन् नभन्नु
म त सधैँ तिमीलाई नै माया गर्ने गर्छु
कहिलेकाहीँ तिम्रो अँगालोमा म निदाए भन्दैमा
मैले तिम्रो निन्द्रा खोसे नभन्नु।

प्रबिन थापा रेसुङ्गा
नगरपालिका ५ गुल्मी

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?