फाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई, ‘क्लीनस्वीप’को अवसर

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपालले प्रतिद्वन्द्वीको रूपमा युएईलाई पाएको छ। यही सिरिजमा नेपालसँग दुईपटक स्तब्ध बनेको युएईले शुक्रबार नेपालसँग फाइनल खेल्ने भएको हो।

मुलपानी क्रिकेट रंगशालामा बुधबार भएको खेलमा युएई हङकङसँग ६९ रनले पराजित भए पनि रनरेटका आधारमा फाइनल यात्रा सुनिश्चित गरेको थियो। रनरेटका आधारमा युएईलाई फाइनलमा पुर्‍याउन बसिल हमीदले अविजित ३० रन र निलन्सले अविजित ३१ रन बनाएका थिए।

टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाउँदै २१२ रन बनाउँदै युएईसामु विशाल रनको लक्ष्य प्रस्तुत गरेको थियो। हङकङका लागि मार्टिन कोइट्जीले सर्वाधिक ८६ रन बनाए। उनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे। त्यस्तै बाबर ह्यातले ६० रनमा अविजित रहे। उनले २० बलमै ५ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै अन्सी राथले ४१, कप्तान निजाकत खानले ९ रन बनाएर पेभेलियन फर्किँदा यसिम मुर्ताज ३ रनमा अविजित रहे।

त्यस्तै जवाफी ब्याटिङ गरेको युएईले निर्धारित ‌ओभरको खेलमा ५ विकेटको क्षतिमा १४३ रनमात्र बनाउन सक्यो।  युएईका लागि खलिद साहले सर्वाधिक ३५ रन बनाए भने अलिशान सराफुले ३० रन बनाए भने कप्तान मुहम्मद वाशिम १ रन, भर्जित्या अरविन्द ७ रन र असिफ खान शून्य रनमै आउट भए।

यसअघि युएईले हङकङलाई ६ विकेटले पराजित गर्दै दुई अंक जोडेको थियो। नेपाल भने प्रतियोगितामा अपराजित रहेको छ। पहिलो खेलमा नेपालले युएईलाई ७ विकेट र दोस्रो खेलमा ५ विकेटले पराजित गरेको थियो। हङकङ भने पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले नेपालसँग पराजित भएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?