back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

फाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई, ‘क्लीनस्वीप’को अवसर

spot_img

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपालले प्रतिद्वन्द्वीको रूपमा युएईलाई पाएको छ। यही सिरिजमा नेपालसँग दुईपटक स्तब्ध बनेको युएईले शुक्रबार नेपालसँग फाइनल खेल्ने भएको हो।

मुलपानी क्रिकेट रंगशालामा बुधबार भएको खेलमा युएई हङकङसँग ६९ रनले पराजित भए पनि रनरेटका आधारमा फाइनल यात्रा सुनिश्चित गरेको थियो। रनरेटका आधारमा युएईलाई फाइनलमा पुर्‍याउन बसिल हमीदले अविजित ३० रन र निलन्सले अविजित ३१ रन बनाएका थिए।

टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाउँदै २१२ रन बनाउँदै युएईसामु विशाल रनको लक्ष्य प्रस्तुत गरेको थियो। हङकङका लागि मार्टिन कोइट्जीले सर्वाधिक ८६ रन बनाए। उनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे। त्यस्तै बाबर ह्यातले ६० रनमा अविजित रहे। उनले २० बलमै ५ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै अन्सी राथले ४१, कप्तान निजाकत खानले ९ रन बनाएर पेभेलियन फर्किँदा यसिम मुर्ताज ३ रनमा अविजित रहे।

त्यस्तै जवाफी ब्याटिङ गरेको युएईले निर्धारित ‌ओभरको खेलमा ५ विकेटको क्षतिमा १४३ रनमात्र बनाउन सक्यो।  युएईका लागि खलिद साहले सर्वाधिक ३५ रन बनाए भने अलिशान सराफुले ३० रन बनाए भने कप्तान मुहम्मद वाशिम १ रन, भर्जित्या अरविन्द ७ रन र असिफ खान शून्य रनमै आउट भए।

यसअघि युएईले हङकङलाई ६ विकेटले पराजित गर्दै दुई अंक जोडेको थियो। नेपाल भने प्रतियोगितामा अपराजित रहेको छ। पहिलो खेलमा नेपालले युएईलाई ७ विकेट र दोस्रो खेलमा ५ विकेटले पराजित गरेको थियो। हङकङ भने पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले नेपालसँग पराजित भएको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?