अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वडा नं. ५ मैदानको जम्वोटमा रहेको मालिका मन्दिरमा सराय नाँच सम्पन्न भएको छ ।
विजयको उल्लास स्वरुप खेलिदै आएको परम्परागत सराय नाच मालिक मन्दिरमा पनि प्रर्दशन गरिएको हो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बिजया दशामीकोे तेस्रो दिन त्रियोदशी तिथि पारेर सराय नाच गर्ने प्रचलन अनुसार सराय नाच निकालिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष थानिश्वर घिमिरेले बताए ।
मालिका मन्दिरबाट सुरु भएको सराय नाँच बहखोरमा सेलाईएको थियो । मालिका मन्दिरमा पुजा गर्न तथा सराय नाँच हेर्न स्थानिय बासीन्दाको उत्साहपुर्वक सहभागिता रहेको थियो ।
सरायँ नाँचमा त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा खुँडा, तरवार, खुकुरी लगायत बिभिन्न सांकेतिक हतियारहरुको प्रयोग गरी पञ्चे बाजामा नाँचिने गरिन्छ । यो नाँच अर्घाखाँची, गुल्मी, बागलुङ लगायतका जिल्लाहरुमा बढि प्रचलनमा रहेको छ ।