पाणिनि : मालिका मन्दिरमा परम्परागत सराय नाँच सम्पन्न (भिडिओ)

अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वडा नं. ५ मैदानको जम्वोटमा रहेको मालिका मन्दिरमा सराय नाँच सम्पन्न भएको छ ।

विजयको उल्लास स्वरुप खेलिदै आएको परम्परागत सराय नाच मालिक मन्दिरमा पनि प्रर्दशन गरिएको हो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बिजया दशामीकोे तेस्रो दिन त्रियोदशी तिथि पारेर सराय नाच गर्ने प्रचलन अनुसार सराय नाच निकालिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष थानिश्वर घिमिरेले बताए ।

मालिका मन्दिरबाट सुरु भएको सराय नाँच बहखोरमा सेलाईएको थियो । मालिका मन्दिरमा पुजा गर्न तथा सराय नाँच हेर्न स्थानिय बासीन्दाको उत्साहपुर्वक सहभागिता रहेको थियो ।

सरायँ नाँचमा त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा खुँडा, तरवार, खुकुरी लगायत बिभिन्न सांकेतिक हतियारहरुको प्रयोग गरी पञ्चे बाजामा नाँचिने गरिन्छ । यो नाँच अर्घाखाँची, गुल्मी, बागलुङ लगायतका जिल्लाहरुमा बढि प्रचलनमा रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
घनश्याम भट्टराई
लेखकको बारेमा

घनश्याम भट्टराई

भट्टराई समाचारपोष्ट डटकमका मल्टिमिडिया प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?