विश्वकप क्रिकेटमा श्रीलंकासँग इंग्ल्याण्ड आठ विकेटले पराजित

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई आठ विकेटले पराजित गरेको छ ।

इंग्ल्याण्डले दिएको १ सय ५७ रनको लक्ष्य श्रीलंकाले २५ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे । श्रीलंकाकाे जितमा ओपनर पाथुम निसांका ८३ बलमा ७ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे । सदिरा समाराविक्रामा ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रनमा नट आउट रहे । सदिरा र निसांकाले १ सय ३७ रनको शतकीय साझेदारी गरे ।

इंग्ल्याण्डका लागि दुवै विकेट डेविड विलेले लिए । त्यसअघि भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५६ रन मात्र बनाएको थियो । इंग्ल्याण्डका ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।

श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए । साविक विजेता इंग्ल्यान्ड आईसीसी विश्वकप २०२३ मा श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै सेमिफाइनल सम्भावना कठिन बनेको छ ।

इंग्ल्यान्ड ५ खेलमा एकमा जित र चारमा हारसहित २ अङ्कका साथ नवौँ स्थानमा छ । श्रीलंका ५ खेलमा दुईमा जित र तीनमा हारसहित ४ अङ्कका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?