नेपाल ओमानसंग पराजित

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। ओमानसँग नेपाल ५ रनले पराजित भएको हो।

ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन।

उनले २४ बलमा ५ छक्का हानेका थिए।तर, ओमानका बलरले सुरुवात देखिनै दबाबमा राख्न सफल भए।

अन्तिम बलमा १५ रन बनाएर खेलिरहेका करण केसी क्याच आउट भए। अविनाश बोहराले १ रन बनाए।  नेपालका लागि सन्दीप लामिछाने २ रन, सन्दीप जोरा १२ रन, गुलशन झा ३ रन, कुशल मल्ल १० रन, कप्तान रोहित पौडेल १२ रन, सोमपाल कामी १२ रन, कुशल भुर्तेल २६ रन र आशिफ शेख ५ रन बनाएर आउट भए।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए।  अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?