कोशी प्रदेश : सरकार विस्तारको तयारी गर्दै मुख्यमन्त्री

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।

गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। आज (शुक्रबार) साँझसम्ममा मुख्यमन्त्री कार्कीले नियुक्त गरेका मन्त्रीको शपथ रहेको श्रोतले जनाएको छ।

‘मुख्यमन्त्रीज्युले मन्त्रिपरिषद विस्तार गर्ने हुनुभएको छ, आज साँझसम्म शपथग्रहण पनि हुन्छ,’ श्रोतले भन्यो, ‘उहाँहरुको आन्तरिक छलफल भइरहेको होला को–को मन्त्री हुने हो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन।’

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका कार्कीलाई गठबन्धन दललाई समाहित गर्ने या एमालेलाई नै लिएर अगाडि बढ्ने भन्ने विषयले सरकार विस्तार अन्योल भएको थियो।

त्यसो त मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाउन आह्वान नै गरेका थिए। उनले एमालेसँग समेत छलफल गरेका थिए।

मुख्यमन्त्रीनिकट एक नेताका अनुसार मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिएको भए पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ।

तर पार्टी र गठबन्धनको दबाबका कारण गठबन्धनबाटै सरकारमा मन्त्री थप गर्ने तयारीमा कार्की पुगेको श्रोतले जनाएको छ।

सरकार विस्तारका लागि आज एमाले र काँग्रेसका नेताहरुबीच छलफल भएको थियो। छलफलमा पनि सबै दलको सरकार बनाउने प्रस्ताव मुख्यमन्त्री  कार्कीले गरेका थिए तर एमालेले उक्त प्रस्ताव अस्वीकार गरेको काँग्रेसले जनाएको छ।

विगतमा आफैँले सहमतीय सरकारको कुरा गर्ने एमालेले अहिले त्यही प्रस्ताव अस्वीकार गरेको भए पनि मुख्यमन्त्री भने सहमतीय सरकार बनाउन माओवादी र समाजवादीलाई सरकारमा सामेल गराउने निष्कर्षमा पुगेको काँग्रेस श्रोतको भनाइ छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?