मंसिर ७ देखि केपी ओली कप हुँदै

पोखरा । पोखरामा मंसिर ७ गतेदेखि केपी ओली राष्ट्रिय कप टि–२० क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा १२ टीमको सहभागिता रहने एकेडेमीको क्रिकेट विभाग संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले जानकारी दिए । त्रिभुवन क्लव, एपिएफ क्लव र नेपाल पुलिस क्लव सहित कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, कर्णाली र सुदूर पश्चिम प्रदेश पनि सहभागी हुनेछ । एकेडेमीले आफ्ना दुई टिम उतार्ने बताएको छ ।

एकेडेमीले देशभरीबाट २ सय भन्दा बढी खेलाडीबाट टीम तयार गरेको गौचनले बताए । खेल तालिका अनुसार ग्रुप ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बी’ मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’ मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो छन् ।

मंसिर १५ गते सम्म चल्ने प्रतियोगितामा हरेक दिन दुईवटा खेल हुनेछन् । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका बीच प्रतिश्पर्धा हुनेछ ।

उपाधी विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् । हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत पुरस्कार राखिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?