अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतलाई : चौथो खेलमा अस्ट्रेलिया २० रनले पराजित

घरेलु टोली भारतले अस्ट्रेलियासँगको पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । हिजो भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हरायो ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा अविजित रहे । ओपनर ट्रविस हेडले ३१ रन जोडे ।

भारतका अक्षर पटेलले ३ र दीपक चाहरले २ विकेट लिए । रवि विश्रोई र आवेश खानले समान एक/एक विकेट लिए । त्यसअघि रायपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतका रिङ्कु सिंहले सर्वाधिक ४६ रन बनाए । यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे ।

अस्ट्रेलियाका बेन ड्वाशिुसले ३ तथा जेसन बेहरनडोर्फ र तनवीर सङ्घाले समान २ विकेट लिए । भारतले अस्ट्रेलियालाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हराएको थियो । अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

पाँचौँ तथा अन्तिम खेल भोलि हुनेछ । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?