प्रिमियर लिगमा आर्सनललाई ४ अङ्कको अग्रता : म्यानचेस्टर युनाइटेड न्यूक्यासलसँग पराजित

काठमाण्डौ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ४ अङ्कको अग्रता बनाएको छ ।

हिजो भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा यथावत् छ । आर्सनलका बुकायो साका र मार्टिन ओडिगार्डले गोल गरे । दोस्रो हाफमा खेल सकिन ४ मिनेट बाँकी छँदा उल्भ्सका म्याथ्यु चुन्हाले एक गोल फर्काए ।

आर्सनलको १४ खेलमा ३३ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलमा २९ अङ्क रहेको छ । प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भयो । युनाइटेडलाई न्यूक्यासलले १–० गोलले हराएको हो ।

अरु खेलमा बे्रन्टफोर्डले लुटन टाउनलाई ३–१ गोलले, बर्नलीले सेफिल्ड युनाइटेडलाई ५–० गोलले र एभर्टनले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ । प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?