अर्घाखाँची । नेपाल प्रेस युनियन जिल्ला शाखा अर्घाखाँचीले पत्रकार दीपक केसीको उपचारका लागी आर्थिक सहयोग हस्तातरण गरेको छ ।
अर्घाखाँची घर भएका केसी हाल कपिलवस्तुमा पत्रकारिता गर्दै आएका थिए । ब्लड क्यान्सरले पीडित पत्रकार केसीको उपचारका लागि प्रेस युनियन अर्घाखाँची शाखाले आर्थिक सहयोग हस्तातरण गरेको अध्यक्ष लक्ष्मण घिमिरेले जानकारी दिए ।
भारतमा उपचार गराइ रहेका केसी हाल रेडियो समानता कपिलवस्तुमा कार्यरत थिए । उनी अर्घाखाँचीको सामुदायिक रेडियो देउरालीका पूर्व सहकर्मी समेत हुन् । उपचारका केही भए पनि टेवा पुगोस् भनेर शाखाको तर्फबाट २७ हजार आर्थिक सहयोग गरिएको कोषाध्यक्ष सागर महतले जानकारी दिए ।
युनियनले केसीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।













