प्युठानमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

प्युठान । नौबहिनी गाउँपालिकामा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

पछिल्लो समय प्रत्येक स्थानीय तहहरुले अध्यक्ष कप सञ्चालन गर्दै आएकोमा प्युठानको नौबहिनी गाउँपालिकाले भने पौष १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने गरि पहिलो पटक अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरेको हो । गाउँपालिकाले २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगितालाई प्रदेश स्तरीय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको रुपमा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताए ।

खेलमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहबाट पुरुष भलिबल खेलाडीहरु सहभागी हुन पाउने प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, द्वितीय १ लाख र तृतीय पुरस्कार ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?