निबन्ध लेखन तथा वाचन प्रतियोगिता सम्पन्न 

बुटवल । नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको आयोजना तथा इडन इङ्गलिस बोर्डिङ स्कुल बुटवल – ११, नहरपुरको आतिथ्यमामा निबन्ध लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । 

 रेडक्रस उपशाखा  स्तरीय निबन्ध लेखन तथा वाचन प्रतियोगिता ने.यु.रे.स.  इडन इङ्गलिस बोर्डिङ स्कुलका अध्यक्ष अस्मिता भुसालको अध्यक्षता, मणिमुकुन्द उपशाखा सभापति सुहा बहादुर नेपालीको प्रमुख आतिथ्यता तथा विद्यालयका प्राचार्य तथा ने.यु.रे.स. इडन इ.बो. स्कुलका संरक्षक शिवहरी भट्टराईको विशिष्ट आतिथ्यता रहेको थियो । प्रतियोगितामा सिनियर तर्फ ८ र जुनियर तर्फ ५ विद्यालयको सहभागिता रहेको थियो । 

 प्रतियोगितामा इडन इङ्गलिस बोर्डिङ स्कुलकी रीतिका खनालले प्रथम स्थान हासिल गरेकी छन्। त्यसैगरी बुटवल ग्लोरी बोर्डिङ स्कुलका स्मरण पौडेल द्वितीय र ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ स्कुलकी मनिषा ढुंगाना र उजिरसिंह मा.वि. की मेलिना थापा मगर तृतीय  भएका छन् । 

जुनियर तर्फ गणेश ज्ञानज्योति पब्लिक स्कुलकी अनुष्का बेलबासे प्रथम, इडन इङ्गलिस बोर्डिङ्ग स्कुलकी वीरता महत द्वितीय र बुटवल ग्लोरी बोर्डिङ स्कुलकी शोभा कँडेलले तृतीय स्थान हासिल गरेका छन् ।  

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्राचार्य तथा ने.यु.रे.स. इडन इ.बो. स्कुलका संरक्षक शिवहरी भट्टराईले यस्ता खाले प्रतियोगिताले विद्यार्थीहरूमा रचनात्मक क्षमता वृद्धिमा टेवा पुराउने बताए । विजेता  विद्यार्थीहरुलाइ प्रमाण पत्र तथा मेडलले पुरस्कृत गरिएको थियो । 

कार्यक्रममाको स्वागत विद्यालयका सहायक प्राचार्य जगत पौडेलले गरेका थिए भने कार्यक्रम  ने.यु.रे.स. इडन इ.बो. का शिक्षक नायक कुशल बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?