नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी

बुटवल । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल  बिजयी भएका छन् ।

बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पाेेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन ।  ८४ मतान्तरले बिजयी बनेका पोखरेलले  तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लाे पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा  अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु),सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनाेनित भए ।

भने उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल,सिता कुमारी भण्डारी,एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित भए । उनीहरुले पद तथा गाेपनियताको सपथ ग्रहण गरिसकेको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र कुमार महतोले नागरिक अनलाइनलाइ जानकारी दिए ।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित ) एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने  ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।  निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको थियो । कुल मतदाता १ हजार ३२ जना थिए भने मतभार १ हजार २१६ थियो । – nagarikonline

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?